+

एनपीएलको अक्सनमा बढीमा ९० लाख खर्च गर्न पाउने

२०८१ असोज  १८ गते २०:२१ २०८१ असोज १८ गते २०:२१
एनपीएलको अक्सनमा बढीमा ९० लाख खर्च गर्न पाउने

१८ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक टोलीले अक्सनमा बढीमा कुल ९० लाख खर्च गर्न पाउने भएका छन् । एनपीएलको अक्सन आइतबार काठमाडौंमा हुँदैछ ।

एनपीएलको नियम अनुसार १० खेलाडीलाई बढीमा ९० लाख खर्चिन पाउनेछन् । हरेक फ्रेन्चाइज टोलीमा कुल १६ खेलाडी हुनेछन् । चार विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टबाट आउनेछन् ।

चार विदेशी खेलाडी मध्य एक एसोसिएट देशको अनिवार्य राखिएको छ । विदेशी खेलाडी भने आन्तरिक सहमतीमा आबद्द हुनेछन् । सबै टोलीले एक एक मार्की खेलाडी लक्क ड्र मार्फत टोलीमा आवद्द गरी सकेका छन् ।

त्यसैले अक्सनमा सबै टोलीले १०–१० खेलाडी किन्नेछन् । एनपीएलको नियम अनुसार ग्रेड ए का तीन, बी का चार र सी का तीन खेलाडी किन्नुपर्ने हुन्छ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतम १५ लाख रुपैयाँ तोकिएकोछ । उच्चतम मूल्यपछि चिट्ठाबाट खेलाडी कुन टोलीमा जाने निर्धारण हुनेछ ।

अक्सनमा ए ग्रेडमा २७ खेलाडी सर्ट लिष्टमा परेका छन् । २७ मध्य २४ खेलाडी विक्री हुनेछन् । ग्रेड ए मा मौसम ढकाल छुटेको हुँदा उनी थपिनेछन् ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख र उच्चतम मूल्य १० लाख राखिएको छ । बी ग्रेडको सर्ट लिष्टमा ३८ खेलाडी छन् । सी ग्रेडको न्यूनतम मूल्य २ र उच्चतम ५ लाख राखिएकोछ । सी ग्रेडका कुल ७७ खेलाडी छन् । बी र सी मा पनि उच्चतम मूल्यपछि चिट्ठा थुतिनेछ ।

करण केसी काठमाडौं गुर्खाज, कुशल भुर्तेल पोखरा एभेन्जर्स, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ शेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् ।

तीन साता अघि लक्की ड्र मार्फत क्यानले मार्की खेलाडी घोषणा गरेको थियो । हरेक मार्की खेलाडीले समान २० लाख रुपैयाँ पाउनेछन् । एनपीएल मंसिर १५ देखि पुष ६ सम्म काठमाडौंमा हुनेछ ।

 

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय