+

वीर अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर’ले २५ वर्ष पूरा गर्‍यो

२०८१ असोज  २० गते १२:१५ २०८१ असोज २० गते १२:१५
वीर अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर’ले २५ वर्ष पूरा गर्‍यो

काठमाडौं । वीर अस्पतालले न्युरो सर्जरी विभागका कार्यरत चिकित्सक तथा नर्सलाई सम्मान गरेको छ । अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर’ स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित समारोहमा विभागको सुरुवातदेखि हालसम्म कार्यरत तथा त्यहाँ अध्ययन गरेका चिकित्सक तथा नर्सलाई सम्मान गरिएको हो ।

विभागले नेपालमा सन् २०००मा पहिलोपटक सुरु गरेको न्यूरोसर्जरीको उच्चतम डिग्री ‘एमसीएच न्यूरोसर्जरी’ कार्यक्रमको २५ औं पुरा गरेको छ। जसबाट हालसम्म १६ जनाले न्युरो सर्जरीको डिग्री ‘एमसीएच न्युरो सर्जरी’ हासिल गरेका छन् ।

कार्यक्रममा बोल्दै न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले न्युरो सर्जरी विभाग वीर अस्पतालकै अब्बल विभागमध्ये एक रहेको बताए । ‘यहाँ तालिम लिएका लिएका न्युरो सर्जनहरुले हाल नेपालभर फैलिएर उत्कृष्ट सेवा प्रदान गरिरहनुभएको छ’ उनले भने ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले न्युरो सर्जरी विभागका कारणले पनि अस्पतालप्रति विश्वास बढेको बताए । उक्त विभागलाई अझै सुविधा सम्पन्न बनाउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग रहने उनले बताए ।

विभागीय प्रमुख प्रा. डा. राजीव झाले न्युरो सर्जरी विभागले निरन्तर प्रगति गरिरहेको बताए । ‘जनजीवन र जीविकोपार्जनका क्रममा हुने दुर्घटनाका कारण स्नायु मस्तिष्क समस्याका लागि अझै धेरै न्युरो सर्जन आवश्यक देखिन्छ’ उनले भने ।

उक्त विभागबाट उत्तीर्ण पहिलो न्युरो सर्जन डा. प्रकाश विष्टले शिक्षा र सेवा दुवैमा विभाग अब्बल रहेको बताए । आधुनिक प्रविधिलाई आत्मसात गर्दै विभाग अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

न्युरो सर्जरी वीर अस्पताल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय