+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

साढे ९ प्रतिशतमा झर्‍यो कर्जाको औसत ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २९ गते १७:५०

२९ असोज, काठमाडौं । एक महिनामै कर्जाको भारित औसत ब्याजदर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउन मसान्तमा ९.६८ प्रतिशत रहेको यस्तो ब्याजदर निरन्तर घट्दो क्रममा छ ।

कोभिडमा घटेको ब्याजदर त्यसपछि निरन्तर बढेर २०७९ माघ र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसयता निरन्तर घटेर २०८१ भदौमा आउँदा ९.५२ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा पनि कर्जाको माग देखिँदैन भने रेमिट्यान्स उच्च दरमा बढ्दा निक्षेप लगातार बढिरहेको छ । जसले गर्दा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् ।

बैंकहरूमा कर्जा खोसाखोस गर्ने अस्वस्थ प्रतिस्पर्धा सुरु हुँदा व्यवसाय जोगाउन बैंकहरूले कर्जाको ब्याजदरमा प्रिमियम घटाएर आधार दरमै कर्जा दिन थालेका छन् । यसले ब्याजदर थप घट्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन–भदौ) मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ । गत आवको तुलनामा चालु आवको पहिलो २ महिनामा निजी क्षेत्रको कर्जा सुधारउन्मुख देखिएको छ।

निक्षेप पनि अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा सुरुवातबाट नै बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्षको साउन र भदौमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ अर्ब ५६ करोड (०.१ प्रतिशत) ले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?