+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवनमा सीडीओ फेरिए, अध्यागमन विभागमा नयाँ महानिर्देशक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १६:०७

७ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाल बरण्डामा थिए ।

बुधबार मन्त्रालयले रिजाललाई अध्यागमन विभागको महानिर्देशका रुपमा सरुवा गरेको हो । यसअघिका विभागका महानिर्देशक कोशहरि निरौलाको गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेपछि त्यहाँ महानिर्देशक खटाइएको थिएन ।

यसैगरी मन्त्रालयले चितवनमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएर हालका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई मन्त्रालयमा फिर्ता ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?