+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डब्लुटी-एडिएफ केयर प्रोजेक्टको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते ९:१५

२३ कात्तिक, काठमाडौं । वर्ल्ड तेक्वान्दो -एसिया डेभलपमेन्ट फाउन्डेसन (डब्लुटी-एडिएफ) अन्तर्गत डब्लुटी केयर प्रोजेक्ट २०२४/२५ को बिहीबार औपचारिक उद्घाटन भएको छ ।

विश्व तेक्वान्दोका अध्यक्ष डा. चुङ वन चो, अम होङ गिल ह्युमन फाउण्डेसनका संस्थापक क्याप्टेन अम होङ गिल र तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त प्रोजेक्ट अम होङ गिल ह्युमन फाउण्डेसनकाद्वारा सञ्चालित १६ औं विद्यालय तारकेश्वर गोलढुंगास्थित पृथ्वी नारायण माध्यमिक विद्यालयमा सञ्चालन हुन गइरहेको छ ।

प्रोजेक्ट अन्तर्गत विश्व तेक्वान्दो, एसिया डेभलपमेन्ट फाउण्डेसन र नेपाल तेक्वान्दो संघको विशेष सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विशेष तेक्वान्दो प्रशिक्षण गराइन्छ ।

उक्त प्रोजेक्टको अवधि सात महिनाको हुने नेपाल तेक्वान्दो संघले जनाएको छ ।

विगत दुई वर्षदेखि डब्लुटी केयर प्रोजेक्ट अम होङ गिल ह्युमन फाउण्डेसन अन्तरगत सञ्चालित विद्यालयमा सञ्चालन हुँदै आएकोमा अघिल्लो दुई वर्ष कास्कीस्थित बिरेठाती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महासचिव दीपराज गुरुङ्ग, प्रवक्तसाम्राज्य विक्रम पाण्डे, केन्द्रीय सदस्य कुमार लामा घिसिङ, केन्द्रीय सदस्य बब्लु शिवाकोटी, विद्यालय प्रधानाध्यापक नारायण प्रसाद शर्मा लगायत संघका पदाधिकारी, अम होङ गिल ह्युमन फाउण्डेसनका प्रतिनिधि लगायत जि.सि.ईन्टरनेश्नल नामक अन्तर्राष्ट्रिय सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?