+
+

थमन विक हत्या आरोपी पुर्पक्षका लागि थुनामा पठाइए

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते २०:४२

७ मंसिर, काठमाडौं । महोत्तरीमा २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या घटनामा अदालतबाट दोषी ठहर भएका देवेन्द्र चौधरी कारागार चलान भएका छन् ।

२०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जलेश्वर नगरपालिका- ६ का ५५ वर्षका देवेन्द्र चौधरीलाई जलेश्वर नगरपालिका- १ रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतमा दाखिला गरेकामा बुधबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?