+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जावलाखेल कल सेन्टर : २ चिनियाँ र एक फिलिपिनो नागरिक कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १७:२५

१० मंसिर, काठमाडौं । भिजिट भिसामा दुबई गएका नेपालीहरूलाई प्रयोग गरेर कल सेन्टरको नाममा अवैध भन्दा चलाएको आरोपमा दुई चिनियाँ र एक फिलिपिनो नागरिक कारागार चलान भएका छन् ।

पुर्पक्षमा कारागार चलान हुनेहरूमा लिन क्वीनजिङ, डिङ जिहोङ र फिलिपिन्सकी महिला हानिपा सिन्सुएत छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको सोमबारको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अन्यलाई भने धरौटीमा रिहा गर्ने आदेश आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए । सीआईबीले २६ भदौको राति जावलाखेलमा चिनियाँले सञ्चालन गरेको एक अवैध कल सेन्टरमा छापा मार्दै ५० जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानबाट यहाँको कल सेन्टरको दुबई कनेक्सन देखिएको थियो ।

कल सेन्टरबाट प्रहरीले १९४ थान मोबाइल, ५५ थान कम्युटर, ४ थान ल्यापटप बरामद गरेको थियो । ती उपकरणहरूको सहायतामा अनुसन्धान गर्दा करिब अर्बको हाराहारीमा अवैध क्रिप्टो करेन्सीको कारोबार भेटिएको थियो ।

पक्राउ परेका मध्ये दुई जना चिनियाँ कल सेन्टर सञ्चालक र एक फिलिपिनो महिला भाषा अनुवादक एवं सहयोगी हुन् । उनीहरूलाई प्रहरीले दुई महिना हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएलगत्तै जिल्ला सरकारी वकिल कार्यालयले ३६ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । सुरुमा उनीहरूविरुद्ध मुलुकी अपराधसंहिताको दफा २६२ अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिएको थियो ।

तर संगठित रूपमा दुबईदेखि नेपालसम्म सञ्जाल फैलाएर आर्थिक अपराधको धन्दा चलाएको भन्दै उनीहरूविरुद्ध संगठित कसुर समेत आकर्षित गरेर मुद्दा दायर गरिएको छ ।

उनीहरूले चिनियाँ गिरोहको योजनामा अन्तरदेशीय सञ्जाल बनाएर संगठित रूपमा अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको सीआईबीको निष्कर्ष छ । यही धन्दा दुबईमा चलाएकाले उनीहरू सबैलाई दुबई प्रहरीले पक्राउ गरेर डिपोर्ट गरेको थियो । दुबईबाट डिपोर्ट भएपछि उनीहरूले त्यही धन्दालाई चिनियाँको योजनामा जावलाखेलमा सञ्चालन गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो ।

उक्त गिरोहले जावलाखेलस्थित जगदीश उपाध्यायको घर मासिक ३ लाख भाडामा लिई काम सुरु गरेका थिए । क्रिप्टोका साथै कल सेन्टरबाट हिंगी, बुम्बल, मुस्लिमा, इनसाहा, सलामा, मुज, अकुपिड, अलखत्ताबा लगायतका डेटिङ एपहरूमा महिलाको प्रोफाइल फोटो राखी युरोप, अमेरिका लगायत देशका पुरुषहरूलाई साथी बनाएर ‘अनलाइन फ्रड’ गरेको पाइएको सीआईबीको निष्कर्ष छ ।

पक्राउ परेका ५० मध्ये ४२ लाई हाजिरी जमानीमा छाडेर ८ जनालाई मात्रै हिरासतमा लिएर सीआईबीले सुरुवाती अनुसन्धान गरेको थियो । तर अनुसन्धानको क्रममा अन्यको पनि भूमिका देखिएपछि उनीहरूलाई पनि हिरासतमा लिएर अनुसन्धान अगाडि बढाइएको थियो ।

अनुसन्धानका क्रममा चिनियाँको कल सेन्टरबाट पक्राउ परेर अहिले मुद्दा चलाइएका ३३ नेपालीहरू नै भिजिट भिसामा दुबई गएको खुलेको छ । काम खोज्दै उनीहरू चिनियाँ गिरोहको सम्पर्कमा पुगेको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?