+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शेखर पक्षले भेला गर्ने भएपछि पार्टी केन्द्रले भन्यो : २२ मंसिर अघि कुनै कार्यक्रम छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १३:०३

१७ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षले भेला बोलाएपछि पार्टी केन्द्रले कोशीमा सर्कुलर गरेको छ । कोशी प्रदेशका सबै जिल्लाहरुलाई केन्द्रले परिपत्र जारी गर्दै २२ मंसिरअघि पार्टीको औपचारिक कार्यक्रम नभएको स्पष्ट पारिएको छ ।

शेखर पक्षले १८ मंसिरमा विराटनगरमा भेला बोलाएको छ । भेलाका लागि पालिकाका सभापतिहरुलाई निमन्त्रणा गरिएको छ । पार्टीले औपचारिक निर्णयमा भने अनुसार २२ मंसिरमा प्रदेश सम्मेलन डाकिएको छ ।

पार्टीको सम्मेलन अघि शेखर पक्षको भेला डाकिएको छ । ‘मंसिर २२ पूर्व कोशी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले, मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेश स्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सर्कुलरमा भनिएको छ।

कांग्रेसको वैधानिक प्रावधान अनुरुप सबै तहवर्षमा एकपटक सम्मेलन गर्नुपर्दछ। कोशी प्रदेशको सम्मेलन घोषणा गरेपनि विगतमा हुन सकेको थिएन ।

हेर्नुहोस् कांग्रेसको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?