
२९ मंसिर, काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा सहभागी भएका छन् ।
प्रमुख अतिथिको रूपमा सहभागी भएका प्रधानसेनापति सिग्देलले अधिकृत क्याडेटहरुले प्रदर्शन गरेको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरेका थिए । कार्यक्रममा उनले नवनियुक्त अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्नुका साथै उनीहरुसँग अन्तरक्रिया समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले वि.सं. २०१० देखि इण्डियन मिलिटरी एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरुलाई तालिममा सहभागी गराउँदै आएको छ ।
हालसम्म उक्त एकेडेमीबाट दुईसय भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरु दीक्षित भइसकेका छन् । १२ देशका अधिकृत क्याडेटहरु तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरुले तालिम लिइरहेका छन् ।
प्रतिक्रिया 4