+

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

२०८१ पुष  ७ गते १२:३३ २०८१ पुष ७ गते १२:३३
वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै मन्त्रालयले गत शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

‘मन्त्रालयले आफैं निर्देशक जस्तो जिम्मेवारीपूर्ण पदमा आसिन कर्मचारीले सार्वजनिक सरोकारका विषयहरु सामाजिक सञ्जाल (फेसबुक)मा के कति कारणले लेखिएको हो ? सोको स्पष्ट जानकारी पछिसम्म फरक नपर्ने गरी आजको मितिले तीन दिनभित्र स्पष्टीकरणसहित मन्त्रालय पेश गर्न निर्णयनुसार अनुरोध छ,’ उनलाई पठाइएको पत्रमा भनिएको छ ।

गत बुधबार वैद्यखानाको आकस्मिक निरीक्षणमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदाधिकारी तथा कर्मचारीहरुलाई उत्पादन बढाउन र संस्था सुधार गर्न निर्देशन दिएका थिए । कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको बताएका थिए ।

‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’ मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’

सिंहदरबार वैद्यखानाका निर्देशक डा. प्रदीप केसी

मन्त्री पौडेलले तीन दिनभित्र समस्या समाधान गरी उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई निर्देशन समेत दिएका थिए । मन्त्रीले निर्देशन दिएको १२ घण्टा पनि नबित्दै वैद्यखानाका निर्देशक डा. प्रदीप केसीले सामाजिक सञ्जालमार्फत पाँचबुँदे समस्या देखाउँदै ती समाधान नभएसम्म कुनै पनि उत्पादन हुन नसक्ने बताएका थिए ।

उनले अहिलेको गठन आदेशले ठिमाहा बीउ रोपेको र त्यसमा धान नफल्ने व्यंग्यात्मक टिप्पणी गरेका थिए । केसीले आफूलाई दुई पटक इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती निर्देशक बनाइएको उल्लेख गरेका छन् । उनले कर्मचारी स्वार्थबेगर काम नगर्ने परिपाटी रहेको औंल्याएका छन् ।

अहिलेको गठनादेशले व्यवस्था गरेको कार्यकारी निर्देशकको प्रावधान राख्नु हुँदैन भनेर २०७७ सालमै सुझाव दिएको बताएका थिए ।

‘अहिलेको व्यवस्थाले यदि कसैलाई फाइदा गर्‍यो भने त्यो केवल आयुर्वेद समूहका केही नवौं र १० औं तहका कर्मचारीलाई मात्र गर्‍यो तर संस्था झनै टाट पल्टियो,’ डा. केसीले भनेका छन्, ‘एक जना मात्र प्रबन्ध निर्देशक हुने समयावधिमा यसले १२ जना कार्यकारी निर्देशक पाइसकेको छ । जसमा म पनि इच्छा विपरीत दुई पटक सामेल भइसकेको छु । ठिमाहा बीउ रोपेपछि धान कसरी फल्थ्यो र ?’

डा. केसीले ठेकेदारसँग साँठगाँठ गरी उत्पादन प्रणाली ध्वस्त पार्ने र संस्था टाट पल्टाएर आफ्नो रोटी सेक्नेलाई समितिले कारबाहीको दायरामा ल्याउनुपर्ने तर अहिलेको समितिमा त्यो तागत नभएको बताएका थिए ।

मन्त्रीको सचिवालय स्रोतले पनि डा. केसीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरेको छ ।

‘वैद्यखानाको काम चुस्त नभएको कर्मचारीबाट गुनासो आयो । हेलो स्वास्थ्यमा पटक-पटक गुनासो आएपछि मन्त्री आफैं अनुमनमा जानुभएको थियो,’ मन्त्रीको सचिवालय स्रोत भन्छ, ‘उहाँले स्पष्ट वैद्यखानामा देखिएको समस्यालाई समाधान गर्ने बताउनुभएको थियो । तर सरकारी कर्मचारीलाई नेतृत्व तहमा पालना गर्नुपर्ने नियम तथा विधि पालना गर्नुपर्ने हो कि होइन त्यही विषयमा हामीले स्पष्टीकरण सोधेका हौं ।’

सिंहदरबार वैद्यखाना स्वास्थ्य मन्त्रालय

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?