+
+

सूर्यदर्शन सहकारी प्रकरणमा दीपेश पुन पनि प्रतिवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १५:१५

७ पुस, काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दायर गरेको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो ।

सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने लगायतका काम पुनले गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।

यही प्रकरणमा जोडिएका गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक गितेन्द्रबाबु राई, रास्वपा सभापति रवि लामिछाने, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

पुनले श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?