+

गेटा अस्पताल पूर्णरुपमा सञ्चालनका लागि पहल गर्छु : डा. शेखर कोइराला

२०८१ पुष  ७ गते १६:१३ २०८१ पुष ७ गते १६:१३
गेटा अस्पताल पूर्णरुपमा सञ्चालनका लागि पहल गर्छु : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरलाले कैलालीको गेटा अस्पताल पूर्णरुपमा सञ्चालनका लागि पहल गर्ने बताएका छन् । आइतबार अस्पतालको अवलोकन गर्दै उनले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढाउन कुन प्रक्रियागत समस्याले रोकिएको हो भन्नेमा समेत चासो देखाएका छन् ।

डा. कोइरालाले सुदूरपश्चिमका नागरिकका लागि दिगो र बलियो स्वास्थ्य सेवा आवश्यक रहेको बताए । उनले अस्पतालका निर्देशक डा. अशोक श्रीपाइलीसहित अस्पतालका कर्मचारीसँग उनले छलफल गरे । निर्देशक डा. श्रीपाइलीले अस्पतालको शय्या क्षमता करिब ६०० रहेको जानकारी दिए ।

‘गेटा अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याउन सक्दो पहल गर्ने छु,’ डा. कोइरालाले भने, ‘ऐन, कानुन बनाउन ढिलाइ भइरहँदा कैलालीको गेटा मेडिकल कलेजलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले कदम चाल्नुपर्ने छ ।’

ऐन अभावमा मेडिकल सञ्चालन गर्न समस्या भएपनि जनतालाई स्वास्थ्य सेवा दिन अस्पताललाई पूर्ण क्षमतामा चलाउन आफूले पहल गर्ने डा. कोइरालाले बताए ।

गेटामा अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, शव घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा ३०० शय्याको अस्पताल चाहिने उल्लेख छ । गेटा अस्पतालले पछिल्लो समय ५० शय्या मात्रै सञ्चालनको अनुमति पाएको छ । प्रस्तावित विश्वविद्यालयमा पठनपाठन थालिहाल्न प्रादेशिक अस्पताललाई अभ्यासका लागि प्रयोग गर्न सकिने प्रदेश सरकारले जनाएको छ ।

गेटा अस्पताल डा.शेखर कोइराला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?