+
+

लामिछाने विरुद्ध मुद्दा दायरको जानकारी संसद्‌लाई गराइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १६:३६

७ पुस,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध मुद्दा दायर भएको जानकारी सहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई जानकारी सहित पत्र पठाउन लागिएको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

कुनै पनि सांसद विरुद्ध भएको कामकारबाहीका सम्बन्धमा सम्बन्धित निकायले संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने कानुनी व्‍यवस्था छ ।

‘मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई पत्र पठाउँछ । संसद् महासचिवले सभामुखसमक्ष पेश गर्नुहुन्छ । सभामुखले नियमावली उल्लेख गरेर संसद् चलेको भए संसद्‌मा र सदन नचलेको भए सूचनापाटीमा सूचना टाँसेर जानकारी गराइन्छ’, संसद् सचिवालयका पूर्व महासचिव राजेन्द्र फुँयालले भने ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?