+
+

रविमाथि सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १६:४३

७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा सहकारीतर्फ सो रकम बिगो दाबी गरिएको हो ।

उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरणतर्फ भने लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

सहकारीतर्फ कूल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

जसमा गोर्खा मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक छविलाल जोशीमाथि ५ करोड २६ लाख ६५ हजार बिगो दाबी गरिएको छ । त्यस्तै, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सहकारी ठगी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?