+
+

४ महिनापछि संसदको लेखा समितिको बैठक आह्वान, बेरुजुबारे छलफल गर्ने कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १७:०३

७ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । समितिका सचव एकराम गिरीका अनुसार बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा बेरुजुबारे छलफल गर्न गठित उपसमितिको कामको समीक्षा गर्ने कार्यसूची छ ।

सार्वजनिक लेखा समिति अन्तर्गत विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति रहेका छन् ।

उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षणको काम उपसमितिले गरिररहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?