+
+

‘आईएमई पे’ लाई आईसीटी अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १७:३४

काठमाडौं । आईएमई पे ‘आईसीटी अवार्ड-२०२४’ बाट सम्मानित भएको छ ।

५ पुस शुक्रबार काठमाडौंमा सम्पन्न आईसीटी अवार्ड कार्यक्रममा आईएमई पे उक्त अवार्डबाट सम्मानित भएको हो ।

नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्त्वपूर्ण योगदानलाई सम्मान गरेको कम्पनीको भनाइ छ ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले डिजिटल सर्भिसेज आईसीटी अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताए ।

यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आईएमई पेको स्थानलाई अझ बलियो बनाउने उनले बताए ।

आईएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देशभरिका व्यक्ति र व्यवसायलाई सशक्त बनाउन प्रतिबद्ध रहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?