
७ पुस, काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका छन् ।
म्याग्दी हाइड्रोले प्रतिसेयर १ सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ताबापत ४७ करोड ४५ लाख रुपैयाँ बराबर सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौता अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4