+
+
साई स्वागत सहकारी ठगी प्रकरण :

जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १८:४४
भरत जंगम/फाइल तस्वीर

७ पुस, काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

काठमाडौंबाट आइतबार पक्राउ परेका उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । शैली थापा समेतका व्यक्तिहरूले यो सहकारी ठगी प्रकरणमा जाहेरी दिएका थिए ।

त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । आइतबार मात्रै काठमाडौंको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष भरतमणि जंगम पक्राउ परेका थिए । उनी पक्राउ परेपछि तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ ।

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?