+
+

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा २ भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १८:४६

७ पुस, काठमाडौं । शनिबार मात्रै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टे्बाजी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भइ टोखा ग्राण्डी बस्ने ४७ वर्षीय हरिस जावा र सोही ठाउँ घर भएका ३८ वर्षीय ऋषि मातन छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनीहरूले एनपीएलमा सट्टेबाजी खेलाएको आरोप छ । उनीहरूबाट प्रहरीले ५ थान मोबाइल, १ थान ल्यापटप, ८ थान सीम, राहदानी, आधार कार्ड, भोटिङ कार्ड समेत बरामद भएको छ ।

पक्राउ परेकाहरूविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा कारबाही गरिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?