
७ पुस, लागोस । दक्षिण नाइजेरियामा भएको भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । नाइजेरियन प्रहरीका अनुसार शनिबार चामल वितरण केन्द्र बाहिर मानिसहरू लाममा उभिएका थिए । सो क्रममा भएको भागदौडका क्रममा २२ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, राजधानी अबुजामा ‘असहाय र वृद्धहरू’ लाई खाना वितरण गरिरहेको एक चर्च बाहिर भएको छुट्टै कुल्चाइमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
यी दुई घटनाका कारण नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यतालिका खाली गरेका थिए ।
अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देशले नोभेम्बरमा मुद्रास्फीति बढेर ३४.६ प्रतिशत पुगेर एक पुस्ताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । सो क्रममा भएको खाद्य वितरण केन्द्र बाहिर भागदौड चलिरहेको छ ।
ओकिजामा २२ जनाको मृत्यु भएको पुष्टि गर्दै अनाम्ब्रा राज्य प्रहरीका प्रवक्ताले मृतकका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरे । ‘यो दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान अझै जारी छ’, अनाम्ब्रा प्रहरी प्रवक्ता तोचुकु इकेङ्गाले आइतबार भनेका छन् ।
मैतामा जिल्लाको होली ट्रिनिटी क्याथोलिक चर्च बाहिर अबुजामा भएको भागदौडमा मारिएका १० जनामध्ये चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।
भागदौडमा अन्य आठ जना घाइते भएका छन् । (रासस/एएफपी)
प्रतिक्रिया 4