+
+

दाप्चामा खानेपानी पुनर्स्थापना गर्न ‘छक्कापञ्जा ५’द्वारा निर्माण सामाग्री प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १९:३७

काठमाडौं । बाढी प्रभावित काभ्रेको दाप्चामा खानेपानी सुविधा पुनर्स्थापनाको लागि फिल्म ‘छक्कापञ्जा ५’ले सहयोगी हात बढाएको छ । आइतबार आयोजित समारोहमा निर्माता तथा अभिनेता दीपकराज गिरी र कार्यकारी निर्माता निर्मल शर्माले धारा निर्माणको लागि आवश्यक सामाग्री प्रदान गरे ।

असोजमा आएको बाढीले दाप्चाका खानेपानीको धारा र मुहानमा क्षति पुर्‍याएको थियो । डेढसय घरधुरीलाई खानेपानी सुविधा पुग्ने धारा निर्माणका लागि फिल्मको तर्फबाट पाइप लगायतका सामाग्री प्रदान गरिएको हो । दुई सातामा धारा बनिसक्ने र शुभारम्भका लागि ‘छक्कापञ्जा’को टोली पुनः दाप्चा जाने कार्यक्रम छ ।

यसवर्षको सुपरहिट फिल्मको छायांकन दाप्चामा गरिएको थियो । ‘दाप्चासँगको हाम्रो प्रेम अतुलनीय छ । फिल्म छायांकन मात्र नभएर यसलाई हामीले समाजप्रतिको दायित्व ठानेका छौं’ कार्यक्रममा गिरीले भने, ‘दाप्चा आउँदा मलाई आफ्नै गाउँ आएको जस्तो महसुस भएको छ ।’

फिल्मको टोलीले वडाध्यक्ष वीरबहादुर लामालाई निर्माण सामग्री प्रदान गरेको थियो । वडाध्यक्ष लामाले पनि फिल्मले दाप्चाप्रति गरेको योगदानलाई कहिल्यै नभुल्ने बताए । फिल्मको टोलीले यसअघि प्रदर्शनको क्रममै दाप्चालाई सहयोग प्रदान गर्ने घोषणा गरेको थियो । यसअघि ‘छक्कापञ्जा’को पहिलो भाग प्रदर्शनपछि निर्माताले छायांकन थलो काभ्रेको पनौती नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेका थिए ।

सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा उक्त अवधिमा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?