+
+

अमेरिकामा गोल्डेन नेपाली अवार्ड वितरण, कस-कसले उचाले ट्रफी ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते २०:२०

काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड वितरण गरिएको छ । नेपाली समयानुसार आइतबार बेलुका सम्पन्न अवार्डको पहिलो संस्करणमा विभिन्न नेपाली फिल्म, कलाकार र प्राविधिकलाई पुरस्कृत गरियो ।

नेपाली फिल्मको अभिनयमा योगदान पुर्‍याएबापत अभिनेता शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरियो । ‘पूजार सार्की’ सर्वोत्कृष्ट फिल्म घोषित भयो । ‘गाउँ आएको बाटो’ले क्रिटिक्स अवार्ड जित्यो । ‘बोक्सीको घर’ले जुरी अवार्ड पायो ।

‘पूजार सार्की’बाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक घोषित भए । अनमोल केसीले ‘फर्की फर्की’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा आँचल शर्मा ‘डिग्री माइला’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

प्रदीप खड्का पपुलर अभिनेता र केकी अधिकारी पपुलर अभिनेत्री घोषित भए । दीपेन्द्र लामाले ‘नांगो गाउँ’बाट सर्वोत्कृष्ट लेखन, ‘नांगो गाउँ’बाटै आलोक शुक्ला सर्वोत्कृष्ट छायांकार, ‘उपहार’बाट मित्र डी गुरुङ सर्वश्रेष्ठ सम्पादक घोषित भए ।

‘अगस्त्य’बाट प्रमोद अग्रहरि सर्वोत्कृष्ट सहअभिनेता, ‘परदेशी २’बाट वर्षा सिवाकोटी सर्वोत्कृष्ट सहअभिनेत्री, ‘बोक्सीको घर’बाट प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार, ‘नांगो गाउँ’बाट एसडी योगी सर्वोत्कृष्ट गायक, समीक्षा अधिकारी ‘बोक्सीको घर’बाट सर्वोत्कृष्ट गायिका घोषित भए ।

०८० साउन १ देखि २०८१ साल असार मसान्तभित्र रिलिज भएका र आयोजकलाई उपलब्ध गराइएका फिल्मको प्रतिस्पर्धाबाट उत्कृष्ट चयन गरिएको बताइएको छ । अवार्डमा सहभागी हुन नेपालबाट नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, दीपाश्री निरौला, सुनिल थापा, अनमोल केसी, केकी अधिकारी, आँचल शर्मा, केदार घिमीरे, जितु नेपाल, नीति शाह, वर्षा सिवाकोटी लगायतका कलाकार अमेरिका गएका थिए ।

अवार्डको जुरीमा शिव श्रेष्ठ, सुनिल थापा, दीपाश्री निरौला, गौरीशङ्कर धूजु श्रेष्ठ, सुनिल कटुवाल र लक्ष्मण सुवेदी थिए । हिमालय फाउन्डेसन कर्प, गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको प्रमुख आयोजनामा अवार्ड सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?