+

एनपीएलले धेरै कुरा सिकायो : स्वस्तिमा खड्का

२०८१ पुष  ७ गते २०:२२ २०८१ पुष ७ गते २०:२२
एनपीएलले धेरै कुरा सिकायो : स्वस्तिमा खड्का

७ पुस, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) बाट धेरै कुरा सिक्ने अवसर मिलेको बताएकी छिन् ।

एनपीएलको फ्रेन्चाइज टिम कर्णाली याक्सकी ‘फेस अफ कर्णाली याक्स’ रहेकी स्वस्तिमाले यसअघि दर्शक बनेर हेर्ने गरेपनि यस पटक टिमकै सदस्यको रुपमा खेल हेर्दा धेरै उकुसमुकस भएको बताएकी छिन् ।

‘नेपाल प्रिमियर लिग (एनपीएल)का कारण म क्रिकेटसँग नजिक भएँ । दर्शक भएर हेर्दा मनमा हुने हलचल त मैले धेरै पटक भोगेकी थिएँ । तर, टिमकै सदस्यका रूपमा बसेर हेर्दा हुने उकुसमुकुस र छटपटीले मलाई जीवनको सांगोपांगो रहस्य बुझ्न सघायो,’ उनले लेखेकी छिन्, ‘म कुनै खेलमा यसरी डुबेको पहिलो पटक थियो । यो भावना व्यक्त गर्न मसँग कुनै उपमा र अलंकार छैनन् ।’

स्वस्तिमाले खेलले जीवनलाई सत्मार्गमा हिँड्न सिकाउनुका साथै बलियो अनुशासन, टिम सहकार्य, मानसिक उपस्थितिसँगै धैर्यवान हुन सिकाउने बताएकी छन् ।

उनले खेल हार्नु र जित्नु प्रावधिक कुरा भएको र खेल हार्दा पनि जितको लक्ष्य बोकी हिँड्नेहरू हार्दै नहार्ने बताएकी छन् ।

कर्णाली याक्सले आफूलाई जीवनको यो पाठ सिकाउन ठूलो आँगन दिएको लेखेकी छन् । साथै टिम व्यवस्थापनलाई धन्यवाद दिँदै आउने वर्ष अझ बलियो रूपमा प्रस्तुत हुने र त्यो ट्रफी उचाल्ने विश्वास व्यक्त गरिन् ।

‘हाम्रो टिमले उपाधि चुम्न सकेन । यो वर्ष नेपाली क्रिकेटले सगरमाथा चुमेको छ । अर्को वर्ष त्यो सगरमाथामा हामी पुग्नेछौं । यो वर्ष हामीले खेल हारेका होइनौं, जित्नमात्र नसकेका हौं,’ उनले भनेकी छिन् ।

उनले क्यान सचिव पारस खड्कालाई पनि धन्यवाद दिएकी छन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय