+

जनकपुर बोल्ट्सले एलओडीमा मनायो विजय उत्सव (तस्वीरहरू)

२०८१ पुष  ७ गते २१:१७ २०८१ पुष ७ गते २१:१७
जनकपुर बोल्ट्सले एलओडीमा मनायो विजय उत्सव (तस्वीरहरू)

७ पुस, काठमडौं। नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सको टोलीले जितको सुखीमा ठमेलमा रहेको लर्ड अफ द ड्रिङ्स (एलओडी)मा विजय उत्सव मनाएको छ ।

आइतबार जनकपुर बोल्ट्सका टिमसहित लर्ड अफ द ड्रिङ्स (एलओडी)मा विजय उत्सव मनाएका हुन् । उनीहरूले आफ्नो विजय उत्सवमा कमेन्टेटर एन्ड्रयू लियोनार्डलाई पनि लिएर एलओडीमा पुगेका छन् ।

साथै जनकपुरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जिमी निसमले नेपालको राष्ट्रिय झण्डासहित स्टेजमा देखिएका थिए ।

एलओडीमा मनाइएको विजय उत्सवमा जनकपुर बोल्ट्सका सदस्यहरू स्टेजजमै पुगेर नाचेका थिए ।

शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

एनपीएल जनकपुर बोल्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय