+
+

आजदेखि पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुँदै

मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँन लागेको जनाएको छ । यसको प्रभाव काठमाडौं र पोखरामा पनि पर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ६:३८

८ पुस, काठमाडौं । पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ ।

काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर,  त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ ।

यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि मौसम बदली भइ केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?