+
+

नेविसंघले सुरु गर्‍यो सदस्यता वितरण अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ९:०३

८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले सदस्यता वितरण एवम् सुझाव संकलन अभियान सुरु गरेको छ ।

१२औं महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले यो अभियान सञ्चालन गरेको प्रवक्ता सुरज सेजुवालले बताए ।

अभियानका लागि प्रत्येक जिल्ला र आङ्गिक क्याम्पस, विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्य क्याम्पस/कलेज/प्रतिष्ठान एवम् शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटिएका छन् ।

खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्यविवरण प्रदान गरिएको सेजुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?