+
+

रोशी गाउँपालिका १ का वडाध्यक्ष लामाको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ११:३४

८ पुस, काभ्रे । लामो समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका  काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ ।

अध्यक्ष लामाको आइतबार उपचारका क्रममा निधन भएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए ।

लामाको निधनप्रति रोशी गाउँपालिका र नेकपा एमाले काभ्रेले वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले वडाध्यक्ष लामाको निधनमा आज शोक बिदा दिने दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?