+
+

­’भ्वाइस’का प्रतिस्पर्धी टीकाबहादुर मगरले ल्याए ‘डेढु बाँदर राजनीति लोदर’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १२:४०

चल्न पनि हाम्रो देश त दैवकै भरमा

छोराछोरी विदेश सबै बाआमा घरमा

बालीनाली सखाप पार्‍यो ढेडु बाँदरले

कहिले पनि छोडेन राजनीति लोदरले

ए हजुर हाम्रो देश त बिजोक रमाइलो छ

गायक टीकाबहादुर मगरको नयाँ गीत ‘डेढु बाँदर राजनीति लोदर’का शब्द हुन् यी । देशको समसामयिक राजनीतिक प्रवृत्तिमाथि व्यंग्य गर्ने यो गीतमा प्रकाश स्पर्शको शब्द र मोहनकुमार मगरको संगीत छ । गीतलाई सविन लिम्बूले एरेन्ज गरेका हुन् ।

देशको राजनीतिक परिस्थितिका कारण रोजगारी नपाएर विदेशिन बाध्य युवाहरुको कथालाई गीतको भिडियोमा व्यंग्यात्मक ढंगले उतारिएको छ । भिडियोको निर्देशन संगीतकार मगरले नै गरेका हुन् ।

‘यो चाहिं नेपालको राजनीतिक प्रवृत्तिलाई संगीतमार्फत घोचपेच पनि हो । अहिलेको समय सन्दर्भलाई यसले बोकेको छ भन्ने लाग्छ,’ संगीतकार तथा भिडियो निर्देशक मगरले अनलाइनखबरसँग भने, ‘गीतकार (प्रकाश स्पर्श) आफैं पनि विदेशमा बस्नुहुन्छ । त्यहाँबाट उहाँले नेपालको अवस्थालाई नियाल्न खोज्नुभएको छ । यो नेपाली समाजको यथार्थवादी गीत हो । भिडियो पनि सोही अनुसार बनाउने कोसिस गरेका छौं ।’

गीतमा पूर्वेली र मध्यनेपालको लोकभाकाको मिश्रण गरिएको उनले बताए ।

गीतको भिडियोमा गोपाल ढकाल ‘छन्दे’, प्रकाश स्पर्श, मोहनकुमार मगर, अञ्जली पौडेल, जुना सत्याल र अमृत सागरले अभिनय गरेका छन् । रमेश रम्तेलले खिचेको भिडियोलाई विनोद बमले सम्पादन तथा कलर संयोजन गरेका हुन् ।

गायक टीकाबहादुर मगर भ्वाइस अफ नेपाल सिजन ३ का प्रतिस्पर्धी समेत हुन् । उनले यसअघि शान्तिश्री परियारसँग गाएको ‘बज्यैको बुलाकी’ गीतलाई निकै रुचाइएको थियो । सुगम संगीत र लोकशैलीका गीतमा विशेष लगाव राख्ने उनका ‘टेम्के मैयुङ घुमौला’, ‘दशैंमा बसकझ छतमा चढेर’, ‘सिमल बारुला’ लगायत गीत सार्वजनिक भएका छन् । संगीतकार मोहन मगर लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

‘डेढु बाँदर राजनीति लोदर’ गीत ‘टीकाबहादुर मगर’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?