+

नेपाल कबड्डी लिग माघ ४ गतेदेखि हुने

२०८१ पुष  ८ गते १२:३४ २०८१ पुष ८ गते १२:३४
नेपाल कबड्डी लिग माघ ४ गतेदेखि हुने

८ पुस, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण माघ ४ गतेदेखि सुरु हुने भएको छ । नेपाल कबड्डी संघका महासचिव अरविन्द झा ले एनकेएल माघ ४ देखि १९ गतेसम्म हुने जानकारी दिए ।

‘एनकेएलको पहिलो संस्करण माघ ४ देखि १९ गतेसम्म हुनेछ । खेल डबल राउण्ड रोविनमा हुनेछ’, उनले भने । पहिलो संस्करणमा ६ टिमको सहभागिता हुनेछ । टिमको नाम, मार्की खेलाडी, प्रशिक्षक र टिम ड्राफ्ट सम्पन्न भईसकेको छ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।

यो पनि : नेपाल कबड्डी लिग ड्राफ्ट : ६ टिममा ८४ खेलाडी अनुबन्ध

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय