+
+

अखिल क्रान्तिकारीले लगायो प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १३:१४

८ पुस, काठमाडौं ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ ।

६ पुसमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा अपारदर्शी ढंगबाट पार्किङ शुल्क उठाएको बारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलित विद्यार्थी समूहले राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको हो ।

आफूहरूको माग सम्बोधन नभएसम्म प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने अनेरास्ववियुले जनाएको छ ।

पार्किङ शुल्कबारे छानबिन समिति बनाउनुपर्ने, पार्किङ शुल्कबाट उठेको रकम पारदर्शी रूपमा सार्वजनिक गरी विश्वविद्यालयलाई हस्तान्तरण गरिनुपर्ने र उक्त गलत कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग संयुक्त विद्यार्थी आन्दोलनले राखेको छ ।

पार्किङ शुल्कबारे छानबिनको माग राखेर पाँच विद्यार्थी संगठनहरूले ताला समेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?