+
+

रास्वपाले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ८:४५

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने ती नेताले बताए ।

बैठक भर्चुअल माध्यमबाट बस्ने छ ।

‘आज दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको छ,’ ती नेताले भने, ‘हामी भर्चुअल माध्यमबाट बैठकमा जुट्छौं ।’ ती नेतका अनुसार कार्यबाहक सभापतिमा डोलप्रसाद अर्यालकै सम्भावना छ ।

‘पहिल्यै केन्द्रीय समितिबाटै निर्णय भइसकेको हो । आज त्यसलाई औपचारिकता दिनुपर्छ कि भनेर छलफल गर्दैछौं ।’ यद्यपि पार्टीले निर्णय नलिइ त्यसबारे केही भन्न नसकिने ती नेता बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि आइतबार मुद्दा दर्ता भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएसँगै रविको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?