+
+

आईएसएमटी एक्सपो सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १४:१०

काठमाडौं । काठमाडौं तिनकुनेस्थित गैरीगाउँमा रहेको आईएसएमटी कलेजले आईएसएमटी एक्सपो आयोजना गरेको छ ।

१९ र २० डिसेम्बरसम्म सञ्चालन भएको क्सपोमा आईटी विषय अध्ययनरत विद्यार्थीले बनाएको रोबोट, गेमिङ, लाई डिटेक्टर, फ्री डिटेक्टर लगायत विभिन्न २० वटा प्रोजेक्टहरू प्रदर्शनी गरिएको थियो ।

विद्यार्थीलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीलाई प्रोत्साहन गर्न उनीहरूको क्षमतालाई प्रदर्शन गर्न एक्सपो आयोजना गरिएको कलेजले जनाएको छ ।

एक्सपोमा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत व्यक्तिहरूले मेत अवलोकन गरेका थिए ।

कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत ४ हजारभन्दा बढी व्यक्तिहरूले अवलोकन गरेका थिए ।

आईएसएमटी ग्रुपले चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ स्ट्यान्डर्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए, बीएचएम, बीएस्सी, आईटी, बीएस्सी साइबर सेक्युरेटी एन्ड डिजिटल फरेन्सिक र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?