+
+

युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छाडे : मिनेन्द्र रिजाल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १६:२३

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरू कन्भिन्स हुन नसकेको जिकिर गरे ।

‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धी गर्‍यौं । यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ । आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ । तर हरेक दिन दुई हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन् । कन्भिन्स छैनन् । सबैकुरा राम्रो हुँदाहुँदै पनि उसले आफ्नो भविष्य सुरिक्षत देखिरहेको छैन,’ नेता रिजालले भने ।

नेता रिजालले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको उल्लेख गरे ।

संविधानको ९ वर्षको अभ्यासको समीक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा उनको जोड थियो ।

‘आवधिक निर्वाचनले जन्माएको एउटा मात्र पक्ष भनेको सरकार हो । अहिले पनि कृत्रिम बहुमतको आधारमा मुलुकमा सरकार गठन भइरहेको छ । जनताले दिएको बहुमत कुनैपनि राजनीतिक दलले पु¥याउनका लागि हामीले बनाएको नौ वर्षको अभ्यासबाटै केही परिवर्तनहरू गर्नुपर्ने छ । त्यसका लागि कांग्रेस र एमाले आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म,’ रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?