+
+

‘झिमझिमाउने आँखा’ भारतका ५० भाइरल गीतको स्पोटीफाइ सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १७:०५

काठमाडौं । गायक एकदेव लिम्बुको पछिल्लो गीत ‘झिमझिमाउने आँखा’ले केही दिन युट्युव चार्ट्समा स्थान पाएको थियो । यो गीत युट्युवको नेपाल ट्रेन्डिङमा अहिले पनि शीर्षस्थानमा छ ।

युट्युवबाहेक यो गीतलाई संगीतको अडियो प्लाटफर्म स्पोटीफाईमा समेत रुचाएको पाइएको छ ।

भारतमा भाइरल हुने शीर्ष ५० गीतको स्पोटीफाई सूचीमा यो नेपाली गीतले पनि स्थान पाएको छ । ‘भाइरल ५०- इण्डिया’को सूचीमा सोमबार बेलुकासम्म ४४ औं स्थानमा छ । रियल टाइम स्ट्रिमिङअनुसार स्पोटीफाईले यो सूची तयार पार्छ ।

यो गीत भारतमा समेत किन चलेको छ भने, एमटीभीको चर्चित रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’को प्रतिस्पर्धीको रुपमा चिनिएकी दिकिला शेर्पाले गीतको भिडियोमा अभिनय गरेकी छन् । उक्त रियालिटी शोपछि शेर्पाको चर्चा भारतका नेपालीभाषी मात्र होइन, भाषीमाझ पनि उत्तिकै छ ।

लिम्बुको शब्द, गायन र संगीत रहेको गीतमा दिकिलासहित नेपाली अभिनेत्री उपासनासिंह ठकुरीको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?