+
+

लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन गएका स्थानीय र प्रहरीबीच झडप

विभिन्न मागसहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरीबिच झडप भएको छ । प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरुमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको हो ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ पुष ८ गते १७:३९

८ पुस, बुटवल। विभिन्न मागसहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरुमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको हो ।

लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोषबीच यसअघि भएको १२ बुँदे सम्झौता कार्यन्वयन नभएको भन्दै स्थानीयले कोषको केन्द्रीय कार्यालय लुम्बिनीमा प्रदर्शन गरिरहदा प्रहरीले बल प्रयोग गरेको स्थानीयको आरोप छ ।

मायादेवी मन्दिरभित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेशविपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खनन्‌काबेला प्राप्त मूर्ति र अस्तुधातुलगायतका सामाग्री खोजी गरी लुम्बिनीमै पुनर्स्थापित गर्नुपर्ने लगायतका मागसहितविरोध प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले धक्कामुक्की र लाठी समेत प्रहार गर्दै कार्यालय हाता बाहिर निकालेको थियो।

प्रदर्शनकारी महिलाहरुलाई चोटपटक लागेपछि आक्रोशित स्थानीयले ढुंगामुढा समेत गरेका थिए ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खानले कार्यालय घेराउ गर्न आएका महिलाहरुमाथि प्रहरीले दमन गरेको आरोप लगाए । उनले भने, ‘सम्झौताहरु कार्यान्वयन किन नभएको भन्दै कार्यालय घेराउ गर्न पुगेको स्थानीयहरुमाथि प्रहरीले लाठी प्रहार गरेर मुठभेड निम्त्यायो।’

उनले लुम्बिनी विकास कोषले सम्झौता कार्यन्वयन नगरे अब कडा अन्दोलनमा उत्रिने चेतावनी दिए । मायादेवी मन्दिरमा पूजा गर्ने परम्परालाई बन्देज लगाई लुम्बिनी विकास कोषमा जग्गा दान दिएकाहरुलाई अवहेलना गर्दै कर्मचारी भर्ना गरिएको उनको आरोप छ ।

यसैगरी मायादेवी मन्दिरमा प्रवेशको लागि लगाइएको टिकट शुल्क खारेज गर्नु पर्ने उनले माग गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले भने प्रहरीले स्थिति नियन्त्रणमा लिन मात्र खोजेको तर कुनै किसिमको बल प्रयोग नगरेको बताए ।

कार्यालयभित्र रहेका भीडलाई नियन्त्रण गर्न सबैलाई बाहिर मात्र निकालिएको डीएसपी कार्कीले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?