+
+

बजेट संशोधन गर्दै काठमाडौं महानगर, बोलाइयो नगरसभा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १७:५४

८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ पुसमा नगरसभा राख्ने भएको छ । महानगरको आज बसेको कार्यपालिका बैठकले नगरसभाको १६ औं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

महानगरका एक कार्यपालिका सदस्यका अनुसार नगर सभा बजेट संशोधनको लागि बोलाइएको हो ।

‘बजेटको सिलिङ नबिग्रिने गरी केही शिर्षकमा बजेट रकमान्तर हुन्छ, बजेटको अंक संशोधन नभएपनि अन्य केही विषयगत विभाग, महाशाखामा बजेट कार्यान्वयनको क्रममा आवश्यकता थपघट हुनसक्छ,’ ती कार्यपालिका सदस्यले अनलाइनखबरसँग भने ।

उनले नगर सभामा केही ऐन संशोधन, नयाँ ऐन पारित गर्ने विषय समेत रहेको बताए ।

प्रज्ञा भवनको सिद्धिचरण कक्षमा १४ गते दिउँसो १ बजे बस्नेगरी नगर सभा आह्वान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?