+
+

फूलचोकीको जंगलबाट हराए १३ जना, खोजी सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १८:५९

८ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फुलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार स्थानीयको सहयोगमा प्रहरी परिचालन गरेर हराएका व्यक्तिहरूको खोजी कार्य चलिरहेको छ । ‘१३ जना व्यक्ति हराएको सूचना आएको छ,’ एसएसपी खनालले अनलाइनखबरसँग भने, ‘लगत्तै हामीले इन्सपेक्टरको कमाण्डमा टोली खटाएका छौं ।’

फूलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?