+
+

क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १९:२४

८ पुस, काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोलि र पर्सि (मंगलबार र बुधबार) सार्वजनिक बिदा दिएको छ । इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमसको उपलक्ष्यमा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

यो गाउँपालिकामा इसाई धर्मावलम्बीहरूको उल्लेख्य बसोबास रहेको छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहने अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?