+

नेपाल इन्टरनेशनल च्यालेन्ज : एकलतर्फ प्रिन्स र रसिलाको यात्रामा पूर्णविराम

२०८१ पुष  ८ गते २१:५२ २०८१ पुष ८ गते २१:५२
नेपाल इन्टरनेशनल च्यालेन्ज : एकलतर्फ प्रिन्स र रसिलाको यात्रामा पूर्णविराम

८ पुस, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ आजबाट सुरु भएको छ ।

योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको आजको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात गर्न सकेनन् । नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन दुवै एकल तर्फको खेलबाट बाहिरिएका छन् ।

प्रिन्स २२–२०, १२–२१, १३–२१ मा भारतका कविन थाङ्गम संग पराजित भएका हुन् । यस्तै रसिला महर्जन भारतीय खेलाडी अदिती भट्टसँग पराजित भईन् ।

रसिला भट्ट संग २१–११, २१–१४ को सोझो सेटमा पराजित भएकी हुन् ।

अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय