+
+

रामकृष्णले ल्याए स्पेनिश भाषा सिक्न चाहने नेपालीका लागि ‘एल एस्पान्योल’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते ६:४२

बार्सिलोना । स्पेनिश भाषा सिक्न चाहने नेपालीहरूलाई लक्षित गर्दै, काठमाडौं गोठाटार निवासी रामकृष्ण पुडासैनीले आफ्नो नयाँ पुस्तक ‘एल एस्पान्योल’ शुक्रबार सार्वजनिक गरेका छन् । २० वर्ष लामो स्पेन बसाइको अनुभवलाई समेटेर, पुडासैनीले ५ वर्षको समय लगाएर यो पुस्तक तयार गरेका हुन् ।

लेखक रामकृष्ण पुडासैनीका अनुसार,यस पुस्तकमा स्पेनिश भाषा सिक्ने सरल,स्पष्ट,सजिलो र प्रभावकारी विधिहरू समावेश गरिएको छ,जसले भाषा सिक्ने प्रक्रिया थप रुचिकर र सहज बनाउँछ। उनले भने,‘यो पुस्तक स्पेनिश सिक्न चाहने जो कोही, विशेष गरी स्पेन वा स्पेनिश भाषा प्रयोग हुने देशमा जान चाहने वा पहिलेदेखि नै त्यहाँ बसोबास गर्ने नेपाली समुदायको लागि महत्त्वपूर्ण छ।युरोपका विभिन्न मुलुकहरूबाट स्पेन आइपुगेका नेपालीलाई यो पुस्तक थप लाभदायक हुने विश्वास छ।’

उनले थपे,‘मेरो धेरै वर्षको स्पेन बसाइ अनुभवका आधारमा, मैले स्पेनमा देखे भोगेका कुरालाई समेटेर, स्पेनिश भाषा सिक्न सहज हुने गरी स्थानीय तवरमा बोलिने शब्दावली, लवज आदिलाई आधार बनाइ यो पुस्तक तयार पारेको छु,जसले सिकाइलाई पक्कै सहज बनाउनेछ।’

दैनिक जीवनमा अत्यावश्यक पर्ने शब्द भण्डारलाई अलग-अलग वर्गीकृत रूपमा राखिएको भन्दै पुडासैनीले भने,‘जसले अध्येतालाई पढ्न र स्मरण गर्न सजिलो हुनेछ।स्पेनिश भाषाका छोटकरी कुराकानीले शीघ्र अध्ययन र सामान्य बोलीचालीमा मद्दत पुग्नेछ।’

पुस्तकले स्पेनस्थित म्याड्रिड नेपाली राजदूतावासका कर्मचारीहरू र स्पेनी अधिकारीहरूका लागि पनि भाषा आदानप्रदानमा सेतुको रूपमा काम गर्ने अवसर प्रदान गर्ने पुडासैनीले बताए । उनले थपे, ‘यो पुस्तक नेपाल र स्पेनबीच भाषा र सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका निभाउनेछ।’ नयाँ दिल्ली, भारतस्थित स्पेनिश दूतावासलगायतको प्रस्तावना पनि पुस्तकमा समेटिएको छ।

समीक्षा पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ६९५ रुपैयाँ रहेको छ र यो पुस्तक अब दराज एपमा पनि उपलब्ध छ ।

पुस्तकलाई आफ्नो स्वर्गीय बुबा दुर्गाप्रसाद पुडासैनीलाई समर्पण गर्दै, उनले लेखन प्रक्रियाका बारेमा जानकारी दिंदै भने, ‘यो पुस्तक मेरो बुबाप्रति मेरो श्रद्धाञ्जलीको एक रूप हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?