+
+

विराटनगर–१२ का वडाध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते ८:४४

९ पुस, विराटनगर । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका ३ का एक पीडितको जाहेरीका आधारमा कामत पक्राउ परेका हुन् ।

बैकिङ कसुर आरोपमा मंसिर २५ गते मोरङ अदालतले कामतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार ५ लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?