+
+

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते ११:०१

९ पुस, काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ तोकेको छ । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँले महँगिएको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी यस दिन १८०५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?