+
+

सीमाविद् श्रेष्ठलाई माइलफस्की अवार्ड

सीमाको पहिचान र सीमा विवाद समाधानमा समर्पित भएको भन्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १४:४४
फाइल तस्वीर

९ पुस, काठमाडौं । बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गर्ने निर्णय गरेको छ ।

सीमाको पहिचान र सीमा विवाद समाधानमा समर्पित भएको भन्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ७४५ स्टर्लिङ पाउन्ड (करिब १ लाख २७ हजार १८८ नेरु) छ ।

सन् १९९२मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले सीमा व्यवस्थापनका क्षेत्रमा काम गरेका थिए । नेपालको सीमा सम्बन्धी १४ वटा पुस्तकहरू प्रकाशित छन् ।

आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले लेखेका छन्– ‘बुद्धिनारायण श्रेष्ठले नेपाल र अन्तर्राष्ट्रिय सीमा निर्धारणमा महत्वपूर्ण योगदान दिएका छन् र हामी उनलाई माइलफस्की अवार्डले सम्मान दिन पाउँदा गर्व गर्छौं ।’

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको नामबाट यो अवार्ड प्रदान गरिन्छ । उनी आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?