+
+

एकीकृत समाजवादीसँग एकता गर्न वामदेव गौतमले बनाए वार्ता समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १४:५८

९ पुस, काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको छ ।

महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति बनाएको हो । ‘मेरै नेतृत्वमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेको वार्ता समिति अध्यक्षले बनाउनुभएको छ’ महासचिव कार्कीले भने, ‘हाम्रो तर्फबाट बनेको वार्ता समितिको जानकारी भोलि दिँदैछु ।’

यो वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने उनले बताए । ‘हामी सबै कम्युनिष्ट पार्टीहरुसँग एकता गर्नुपर्छ भनेर पहल गरिरहेका छौं । अहिले एकीकृत समाजवादीसँग एकता गर्दैछौं’, कार्कीले भने ।

एकीकृत समाजवादीका तर्फबाट भने वार्ता समिति बनेको छैन । ‘माधव नेपाल, प्रमेश हमाल र बलराम बास्कोटा अस्ति बस्नुभएको थियो । तर हाम्रोबाट वार्ता समिति बनेपछि उहाँहरुले पनि समिति बनाउनु होला’, कार्कीले भने ।

गौतमले आफू नेतृत्वको अभियानलाई एकीकृत समाजवादीसँग एकता गर्ने सहमति जनाएपछि वार्ता समिति गठनको प्रक्रिया अगाडि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?