+

एनओसी निर्वाचन : उपाध्यक्ष पनि निर्विरोध हुँदा अध्यक्ष पदका लागि मात्र निर्वाचन हुने

२०८१ पुष  ९ गते १६:३१ २०८१ पुष ९ गते १६:३१
एनओसी निर्वाचन : उपाध्यक्ष पनि निर्विरोध हुँदा अध्यक्ष पदका लागि मात्र निर्वाचन हुने

९ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ ।

७ उपाध्यक्ष पदको लागि ९ जनाको उम्मेदवारी परेकोमा दुईजनाले नाम फिर्ता लिएपछि उपाध्यक्ष पदमा निर्विरोध हुने पक्का भएको हो ।

उम्मेदवारी फिर्ता लिनका मंगलबार लागि दिउँसो ३ बजेसम्मको समय तोकिएकोमा दीपक हर्ष बज्राचार्य र तुलसी थापाले नाम फिर्ता लिएका हुन् ।

अध्यक्ष पदमा तीन जनाले उम्मेवारी दिएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले दाबेदारी दिएका हुन् ।

एनओसीको आगामी चार वर्षे कार्यकालको लागि आउने शनिबार निर्वाचन हुँदैछ ।

यसपटक पदाधिकारीको संख्या बढाएर सदस्यको संख्या घटाइएको छ । उपाध्यक्षको‌ संख्या ५ बाट बढाएर ७ बनाउँदा सदस्य संख्या ७ बाट ५ मा घटाइएको छ ।

एनओसी निर्वाचन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय