+

कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउन स्वास्थ्य मन्त्रालयको तयारी

२०८१ पुष  ९ गते १७:१३ २०८१ पुष ९ गते १७:१३
कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउन स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै कम्पनीको नाम नतोकी औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन पहल थालेको छ । यसका लागि मन्त्रालयले जेनेरिक औषधि सुझाव समिति गठन गरेको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा. रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्रा. डा. बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य छन् । गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य सचिव तोकिएको छ ।

समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधिको सिफारिस गर्नुपर्दा अनिवार्य रुपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ । यस्तै  अन्य अस्पतालहरुमा जेनेरिक औषधिको नाम लेख्न गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्न समेत भनिएको छ ।

समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधि सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझाव समेत दिनेछ । समितिबाट प्राप्त सुझावका आधारमा निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको जानकारी दिए । ऐनमा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले औषधिको सिफारिस गर्नुपर्दा जेनेरिक नाम लेख्नु पर्नेछ’ भनी उल्लेख गरिएको छ ।

तर कार्यान्वयनमा नआउँदा अहिले चिकित्सकहरुले औषधिको ब्राण्ड नाम लेख्ने र सोही नामका औषधि किन्नुपर्ने बाध्यता छ ।

‍औषधि प्रदीप पौडेल स्वास्थ्य मन्त्रालय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउन स्वास्थ्य मन्त्रालयको तयारी

कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउन स्वास्थ्य मन्त्रालयको तयारी

कस्तो स्वास्थ्य समस्या भएको व्यक्तिले हवाई यात्रा गर्नुहुँदैन ?

कस्तो स्वास्थ्य समस्या भएको व्यक्तिले हवाई यात्रा गर्नुहुँदैन ?

स्वास्थ्यमा सरकारी निर्णयको कार्यान्वयन स्रोत नभएर रोकिंदैन : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यमा सरकारी निर्णयको कार्यान्वयन स्रोत नभएर रोकिंदैन : स्वास्थ्यमन्त्री पौडेल

जथाभावी आकस्मिक गर्भनिरोधक औषधिले महिलामा स्वास्थ्य जोखिम

जथाभावी आकस्मिक गर्भनिरोधक औषधिले महिलामा स्वास्थ्य जोखिम

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ताको निर्णय अब प्रधानमन्त्रीको ‘कोर्ट’ मा

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ताको निर्णय अब प्रधानमन्त्रीको ‘कोर्ट’ मा

ध्यानमा के शक्ति छ जसले कुनै परिश्रम नगरी शरीर स्वस्थ राख्छ ?

ध्यानमा के शक्ति छ जसले कुनै परिश्रम नगरी शरीर स्वस्थ राख्छ ?