+

नेपाल पुलिस क्लबले जित्यो एन्फा यू१८ लिगको उपाधि

२०८१ पुष  ९ गते १७:२५ २०८१ पुष ९ गते १७:२५
नेपाल पुलिस क्लबले जित्यो एन्फा यू१८ लिगको उपाधि

 

९ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगको उपाधि जितेको छ। मंगलबारको खेलमा चर्च ब्‍वाइज क्लबलाई हराएसँगै विभागीय टोली नेपाल पुलिस क्लबले एक खेलअगावै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले चर्च ब्वाइजलाई २-१ ले हराएको हो। पुलिसको जितमा विक्रम गौतम र सुवास बमले एक-एक गोल गरे । निमा पाख्रिनले गरेको गोल चर्च ब्वाइजका लागि सान्त्वना बन्यो ।

पुलिसले खेलको पहिलो मिनेटमै विक्रमको गोलमार्फत सुरूआती अग्रता लिएको थियो। ४३औं मिनेटमा कप्तान सुवासले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा निमाले गोल गरेपनि चर्च ब्वाइजको हार टर्न सकेन ।

जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ। पुलिसले अब अन्तिम खेल एनआरटीसँग खेल्नेछ ।

एन्फा यू१८ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय