+
+

शिक्षा सुधारमा केन्द्रित हुने नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १७:३२

९ पुस, काठमाडौं। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सरकारी शिक्षा सुधारमा केन्द्रित हुने घोषणा गरेको छ ।

मंगलबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारीले शिक्षामा भएको विकृति, विसंगतिको अन्त्य तथा त्यसको सुधामा केन्द्रित हुने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष विरेन्द्र शाहले आफ्नो कार्यकाल नेपाली शिक्षा क्षेत्रमा सुधारमा केन्द्रित हुने बताए । शिक्षामा व्यापारीकरण, माफियाकरण र वैदेशिक हस्तक्षेप बढेको बताउँदै अध्यक्ष शाहले भने, ‘विदेशी सम्बन्धनका नाममा विद्यार्थी लुट्ने मात्रै नभएर नीति–नियममा नरहने अनि देशमाथि हस्तक्षेप गर्ने षड्यन्त्रविरुद्ध हाम्रो निगरानी हुनेछ ।’

सामुदायिक शिक्षलाई कमजोर बनाउने खेल मान्य नहुने बताउँदै अध्यक्ष शाहले मन्त्री, सांसद, राजनीतिक दलका नेताहरू, उच्च पदस्थ कर्मचारीहरु, प्राध्यापक, शिक्षक लगायतले लगानी गरेको निजी विद्यालयविरुद्ध संघर्ष गर्ने बताए । उनले सरकारका उच्च पदस्त व्यक्तिहरुले आफ्ना छोराछोरीहरु अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने समेत बताए ।

उपाध्यक्ष रुपा बुढामगर, महासचिव उषाकिरण विश्वकर्मा लगायतले निजी शैक्षिक संस्थाभित्र विभिन्न बहानामा व्यापार गर्ने, नियमअनुसारको छात्रवृत्ति नदिने, चर्को शुल्क असुली गर्ने लगायतका कार्य तत्काल रोकिनुपर्ने बताए ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको मंसिर २८ देखि ३० गतेसम्म पोखरामा भएको २३ औं राष्ट्रिय सम्मेलनले संगठनका निवर्तमान अध्यक्ष मिलन राईलाई बिदा गरेर विरेन्द्र शाहको नेतृत्वमा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

संगठनको उपाध्यक्षमा रुपा बुढामगर र डिबी बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवहरुमा गोविन्द विष्ट, डिबी शाही, प्रेमप्रशान्त बोहोरा, रमेश सुनार र हरि विष्ट तथा कोषाध्यक्ष कमला परियार चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?