+
+

अपडेट : मन्त्रिपरिषद् बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १५:००

९ पुस, काठमाडौं । सहकारी समस्याको विषयमा छलफल गर्न  मन्त्रिपरिषद बैठक जारी छ ।

प्रधानमन्त्री तथा  मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा सहकारी संस्थाबारे संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका विषयमा छलफल भइरहेको बताइएको छ ।

एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारी संस्थाको समस्या समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको थियो । समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न पनि सुझाएको थियो ।

तर त्यसका लागि सहकारी ऐन नै संशोधन गर्नुपर्ने भएकाले त्यस सम्बन्धी सुझाव कार्यान्वयनमा आएको छैन ।

संसदीय समितिले ५ लाख सम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न दिएको सुझाव पनि कार्यान्वयन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?