+
+

सिमेन्ट र छडको मूल्यवृद्धिले आयोजनामा थपिएको रकम दाबी गर्न महासंघको पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १८:४०

९ पुस, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट र छडको मूल्यवृद्धिले चालु आयोजनामा भएको मूल्यवृद्धि अनुपातमा रकम दाबी गर्न आफ्ना सदस्यलाई सूचित गरेको छ ।

सिमेन्ट र डन्डी उत्पादकले विना कुनै ठोस कारण कार्टेलिङ गरी एक महिना अवधिमा सिमेन्टमा प्रतिबोरा २ सय रुपैयाँसम्म र डन्डीमा प्रतिकिलो १५ रुपैयाँ मूल्यवृद्धि गरिएको महासंघले उल्लेख गरेको छ ।

यस्तो मूल्यवृद्धि अझै जारी रहेको भन्दै महासंघले आफ्नो चालु आयोजनामा भएको मूल्यवृद्धि अनुपातमा दाबीका लागि आफ्नो निर्माण कम्पनीका तर्फबाट पत्राचार गर्न महासंघले सदस्यहरूलाई सचेत गराएको हो ।

मूल्यवृद्धिले निरन्तरता पाइरहने हो भने सबै निर्माणको काम रोक्ने चेतावनी दिन समेत महासंघले सदस्य कम्पनीहरूलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?